Breaking News

चितवनका सबै पालिकाहरुमा गठबन्धनको तयारी, छलफल चल्दै

Banner

चितवन, वैशाख ७–

सत्तागठबन्धनमा आवद्ध दलहरुले चितवनमा पनि सबै पालिकाहरुमा गठबन्धनलाई निरन्तरता दिने तयारी थालेका छन् । गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर नेकपा (माओवादी केन्द्र) र उपमेयर नेपाली कांग्रेसको भागबण्डामा परेपछि अन्य ६ पालिकाहरुमा गठबन्धनको तयारी भइरहेको हो ।

जिल्लाका नेताहरु पालिका भागबण्डाका लागि घनिभुत छलफलमा छन् । स्रोतका अनुसार नेपाली कांग्रेसले कम्तिमा चार वटा नगरपालिकाको नेतृत्व पाउने संभावना बलियो छ । अन्य पालिकाहरुमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को पनि दावी रहेको छ ।

नेपाली कांग्रेस चितवन सचिव धुर्व प्रसाद पोख्रेलका अनुसार, बुधबार बिहानैदेखि गठबन्धनको साझा उमेद्वार छनोटका लागि छलफल भैरहेको छ । ‘महानगरपालिकाका प्रमुख उप–प्रमुख पद केन्द्रलाई छनोट गर्ने अधिकार थियो । जिल्ला कमिटिलाई छनोट गर्ने अधिकार नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख मात्र छ । ‘सोही अनुसार जिल्लाका ९८ वटै वडामा साझा उमेद्वार बनाउन प्रयास गरिहेका छौँ,’–पोख्रेलले भने ।

नेपाली कांग्रेस चितवनले आज (बुधवार) बिहान पार्टीका सिनियर नेताहरुसंग छलफल गरेपछि गठबन्धनको बैठकमा सहभागि भएको थियो । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलबिचको बैठक बसेर सहमतिका लागि गठबन्धनका प्रमुख तीनदलबिच छलफल भैरहेको छ । राष्ट्रिय जनमोर्चा र जनता संघीय समाजवादी पार्टीले पालिका प्रमुखको दावि नगरेपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) छलफल भैरहेको उनले बताए । ‘अहिले हामी वडा तहमा प्रवेश गरेकै छैनौँ । पालिकाको विषयमा मात्र छलफल भैरहेको छ, त्यसमा उहाँहरुको (राजमो र जसपा)को दावि छैन’, उनले भने, ‘अहिले तीन दलबिचमा मात्र छलफल भएको छ ।’

अहिलेसम्म रत्ननगर, खैरहनी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा नेपाली कांग्रेसले दावि गर्दै आएको छ । त्यस्तै, माडी र राप्तीमा कांग्रेसले उपमेयरको दावि गरेको छ । स्रोतका अनुसार, नेकपा (माओवादी केन्द्र)ले माडी नगरपालिकामा मेयर, रत्ननगर र खैरहनीमा उपमेयर, इच्छाकामनामा उपाध्यक्षको दावि गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले राप्ती नगरपालिकामा मयेर र रत्ननगर नगरपालिका, माडीमा उपमेयर माग गरेको छ । तर, दलहरुबिचको छलफल करिब करिब सहमतिको नजिक पुगेको पोख्रेलले जानकारी दिए ।

भरतपुर महानगर माओवादीलाई दिने चर्चा चलेसंगै कांग्रेस भित्र ठुलै बहस भएको थियो । नेपाली कांग्रेसको केन्द्रीय तहले भरतपुर माओवादीलाई दिने निर्णय गरेपनि आधिकारीक पत्र नआएको पोख्रेलले जानकारी दिनुभयो । ‘भरतपुरको विषयमा केन्द्रले टुग्याउने छ । अहिलेसम्म हामीलाई केन्द्रको निर्णय आएको छैन’, नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले भने ‘पार्टीमा रहेपछि चेन अफ कमाण्डले दिएको निर्देशन मान्नुपर्ने बाध्यतामा पर्दछौँ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ पार्टी नेतृत्व केन्द्रीय सदस्यका भावना विपरित अगाडी बढेको धारणा राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>