Breaking News

चितवनका सातै पालिकामा तोकियो निर्वाचन अधिकृत, महिला एक जना मात्रै

Banner

चितवन, वैशाख ७–

स्थानीय तहको निर्वाचनका लागि चितवनमा सात वटै स्थानीय तहको निर्वाचन अधिकृत तोकिएका छन् ।

भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतले जिम्मेवारी सम्हाल्ने छन् भने अन्य ६ पालिकाहरुमा निर्वाचन अधिकृतहरु तोकिएका छन् । भोलि (बिहीबार) औपचारिक रुपमा सबै पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्की जानकारी दिए । कार्यालय स्थापना लगत्तै निर्वाचन अधिकृतहरु काममा खटिने छन् । भरतपुरमा मुख्य निर्वाचन अधिकृत न्यायाधीस प्रकाश कुमार अधिकारी रहेका छन् ।

यस्तै रत्ननगर नगरपालिकाको निर्वाचन अधिकृतमा विनोद कुमार गौतम, खैरहनी नगरपालिकाको निर्वाचन अधिकृतमा सरस्वती पौडेल, कालिका नगरपालिकाको निर्वाचन अधिकृतमा महेशप्रसाद खत्री, राप्ती नगरपालिकाको निर्वाचन अधिकृतमा श्यामप्रसाद दाहाल, माडी नगरपालिकाको निर्वाचन अधिकृतमा चुडामणि शर्मा गौतम र इच्छाकामना गाउँपालिकाको निर्वाचन अधिकृतमा इश्वर आचार्य रहेका छन् ।

यसपटक ७ निर्वाचन अधिकृत मध्ये एक जना मात्रै महिला परेका छन् । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते शुक्रबार हुँदैछ । त्यसका लागि जिल्ला निर्वाचन कार्यालयले तयारी व्यापकरुपमा अघि बढाएको छ । निर्वाचन तालिका अनुसार जिल्लाका सातवटै पालिकाहरुमा वैशाख ११ र १२ गते उम्मेद्वारी मनोनयन दर्ताको समय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>