Breaking News

एमाले दुई पक्षबीच झडप हुँदा अध्यक्ष सहित ६ जना घाइते

Banner

जीतपुर, वैशाख ७-

बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२३ मा नेकपा (एमाले) को दुई पक्षबीच झडप हुँदा अध्यक्ष सहित ६ जना घाइते भएका छन् ।

बाटोको विषयमा वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको हो । झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । ्त्यस्तै मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् र उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>