Breaking News

नेपाली कांग्रेसले लेख्न थाल्यो घोषणा पत्र, पुरा गर्न नसक्ने कुरा नलेख्ने

Banner

काठमाडौँ, वैशाख ७–

सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरि आजदेखि घोषणा पत्र लेखन सुरु गर्दैछ ।

देशभरबाट सुझाव संकलन गरिएपछि घोषणा पत्र लेख्न थालिएको हो । कांग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र लेख्न लागेको हो । यसपटक कांग्रेसले स्थानीयस्तरबाट पनि प्रतिबद्धा पत्र तयार गरी सार्वजनिक गर्ने तयारी गरेको छ। उम्मेदवारका भिन्नै र पार्टी समितिबाट भिन्नै प्रतिबद्धता पत्र हुनेछन्।

केन्द्र र स्थानीयस्तरमा बनाइने घोषणा पत्रमा पूरा गर्न नसकिने खालका विषय समावेश नगर्ने गरि काम गर्न थालिएको बताईएको छ । कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्ने तयारी गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले विगत ३ वर्षमा गरेका नराम्रा कामबारे पनि घोषणा पत्रमा केही बुँदा हुनेछन्।

कांग्रेसले घोषणा पत्रका लागि २०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट सुझाव लिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>