Breaking News

सत्तागठबन्धनः उपमहानगरपालिकाको भागबण्डामा पनि सहमति नजिक, हेटौंडा एकीकृत समाजवादीलाई

Banner

हेटौंडा, वैशाख ७–

स्थानीय निर्वाचनको मनोनयन दर्ताको मिति नजिकदै गर्दा सत्तागठबन्धनलाई सिट भागबण्डमा चटारो परेको छ ।

प्रतिपक्षी दल धमाधम उम्मेद्वार तय गरेर चुनावी मैदानमा होमिरहँदा सत्तागठबन्धन भने भागबण्डा टुंग्याउन नसक्दा उम्मेद्वार बोकेर चुनावी अभियानमा होमिन पाइरहेको छैन । छिट्टै भागबण्डा टुंग्याउनुपर्ने बाध्यतामा रहेको गठबन्धनका दलहरु मंगलबार मध्यरातसम्म बालुवाटारमा छलफल गरेका छन् ।

सत्तारूढ पाँच दलका शीर्ष नेताहरबीच बालुवाटारमा गए राति १ बजेसम्म छलफल चलेको थियो। महानगरको भागबण्डा टुंगो लगाएपछि उपमहानगरपालिकाको भागबण्डा बाँकी छ । ११ उपमहानगरमध्ये कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने गरी छलफल भइरहेको स्रोतले बताएको छ ।

कांग्रेसले जनकपुरमा पनि दावी गरिरहेको छ । यहाँ जसपाको पनि दावी रहेकोले सहमति हुन सकेको छैन । वीरगञ्ज जसपालाई छोडेकाले जनकपुर आफूले पाउनुपर्ने कांग्रेसको दावी छ ।

नेकपा माओवादी केन्द्रले घोराही र जितपुर–सिमरा पाउनेबारे छलफल भएको थियो भने नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ। दलहरूले उपमहानगरबारे आज बिहान ११ बजे पुनः छलफल गर्दैछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>