चितवन विशेष

भरतपुर-१२ मा एमाले जिताउ अभियान,अनेमसंघको निर्वाचन परिचालन कमिटी गठन

Banner

चितवन,बैशाख ६-

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा भरतपुर महानगरपालिका वडा नम्वर १२ का अगुवा महिलाहरु नेकपा एमालेका उमेदवार जिताउन जुटेका छन् । अखिल नेपाल महिला संघ वडा कमिटीले मङ्गलवार बैठक बसि रमा ढुङ्गानाको संयोजकत्वमा एकसय एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

कमिटीमा अनेमसंघमा आवद्ध वडाका अगुवा महिलाहरु रहेको एमाले वडा कमिटी सचिव शोभा पण्डितले जानकारी दिनुभयो । कमिटीले वडा भित्रका महिला दिदिबहिनीहरुसंग साक्षत्कार अन्तरक्रिया गरि एमालेका उमेदवार बिजयी बनाउन अभियान चलाउने पण्डितले बताउनुभयो ।

बैठकमा प्रमुख अतिथिका रुपमा सहभागी भरतपुर महानगर पालिकाका एमालेका मेयर उमेदवार बिजय सुवेदीले महानगरलाई समृद्ध बनाउने अभियानमा आम महिला दिदिबहिनी संग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले समाजमा अझै पनि लैङ्गिक विभेद देखिने गरेको उल्लेख गर्दै यस्को अन्त्य गर्न स्थानीय सरकारले प्रष्ट योजना र कार्यक्रम अघि सार्नुपर्ने धारणा राख्दै त्यो प्रष्ट भिजनका साथ आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

महानगर बिकासको स्पष्ट गुरुयोजना र खाका सहित सुशासन र सुन्दर महानगर निर्माणमा मन वचन र कर्मबाट आफू संकल्पित रहेको सुवेदीले उल्लेख गर्नुभयो । अनेमसंघ वडा अध्यक्ष जमुना ढुङ्गानाको अध्यक्षतामा भएको बैठकमा एमाले जिल्ला कमिटी सदस्य अन्जुु शर्मा दाहाल, जिल्ला कमिटी सदस्य हरि पन्त, महानगर कमिटी सदस्य बिमला भट्टराई , पार्टी निवर्तमान वडा उपाध्यक्ष ईन्द्राकुमारी रिमाल, पार्टी वडा उपसचिव मनोज भुजेल सहित स्थानीय अगुवा महिलाहरु सहभागी हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>