Breaking News
सत्तागठबन्धनको निर्णयः भरतपुर महानगरपालिका माओवादीलाई, पोखरा एकीकृत समाजवादीलाई

चितवन, वैशाख ६–
अन्ततः लामो रस्साकस्सी पछि सत्तागठबन्धनबाट भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा (माओवादी केन्द्र)ले गर्ने भएको छ । आज बसेको गठबन्धनको बैठकले भरतपुर माओवादीलाई र पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी)र्ला दिने सहमति जुटेको हो ।
स्रोतका अनुसार ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक’एक महानगरको नेतृत्व लिने सहमति गरेको गरेको हो।
त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।
नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
यससंगै माओवादी केन्द्रले भरतपुरको मेयरका लागि हालकी मेयर रेनु दाहाललाई नै उठाउने भएको छ । माओवादीबाट उनी निर्विकल्प उम्मेद्वार हुन् । तर सर्वोच्चको आजको फैसला अनुसार उम्मेद्वार बन्न उनले राजीनामा दिनुपर्ने हुन्छ ।


























