Breaking News
सर्वोच्च अदालतको निर्णयः जनप्रतिनिधिले उम्मेद्वार बन्न राजीनामा दिनै पर्ने
०

काठमाडौँ, वैशाख ६–
सर्वोच्च अदालतले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्नका लागि जनप्रतिनिधिले नै राजीनामा दिनैपर्ने निर्णय सुनाएको छ ।
सर्वोच्च आज (मंगलबार) जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गर्दै यस्तो निर्णय गरेको हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । अब रिट खारेजसँग हालका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्नेछ ।
मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























