मनोरञ्जन

कमेडी जनराको फिल्म ‘सिल्ली फो’ असार ३१ बाट प्रदर्शनमा आउने

Banner

काठमाडौं, वैशाख ६–

कमेडी जनराको फिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । राजबहादुर साने निर्देशित फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा निर्माण पक्षले जानकारी दिएको हो ।

फिल्ममा केकी अधिकारी, धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।

मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सह—निर्माता छन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर,। फिल्मको वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>