Breaking News
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं,बैशाख ६-
सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । आज र भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । वितरण केन्द्रमा जाँदा कोभिड–१९ विरुद्धका सबै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ । सबै वडामा केन्द्र तोकेर तथा स्वास्थ्य स्वयंसेविकाले घरदैलो कार्यक्रम गरी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
























