चितवन विशेष

भरतपुर-२ मा एमालेको १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

Banner

चितवन,बैशाख ५-

नेकपा एमाले भरतपुर महानगर पालिका वडा नम्बर २ ले स्थानीय निर्वाचन लक्षित गरि एक हजार एक सदस्यीय परिचालन कमिटी गठन गरेको छ । पार्टीका स्थानीय नेता एवम् वडाअध्यक्ष पूर्णबहादुर श्रेष्ठको संयोजकत्वमा आज एक कार्यक्रमका बिच निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । वडामा पार्टी प्रति जनलहर बढेको भन्दै सबै क्षेत्र समेटेर समिति गठन गरिएको निर्वाचन प्रचार समितिका संयोजक नवराज ढकालले जानकारी दिनुभयो । भरतपुर २ मा एमालेले कृष्ण केसीलाई अध्यक्षको उमेदवारका रुपमा अघि सारेको छ ।

“पार्टीको स्टेन्थ पनि व्यापक छ, हाम्रा उमेदवार पनि लोकप्रिय छन् ” ढकालले भन्नुभयो । पार्टी वार्ड कमिटीले आज नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम र निर्वाचन परिचालन समिति घोषण कार्यक्रम एमाले केन्द्रिय कमिटी सदस्य एवम् राष्ट्रिय सभा सदस्य पार्वती रावलको प्रमुख आथित्य र भरतपुर महानगरका मेयरका उमेद्वार बिजय सुबेदीको बिशिष्ट आथित्यतामा सम्पन्न गरेको थियो । कार्यक्रममा बोल्दै नेताहरुले भरतपुर महानगरमा एमालेको जीत सुनिश्चित रहेको उल्लेख गर्दै उच्च मनोवलका साथ प्रचारमा उत्रन आह्वान गरे ।

एमाले वडा कमिटी अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अन्य परिचालन समितिका जिम्मेवारी पनि बिभाजन गरिएको थियो । निर्वाचन प्रचार प्रसार समितिको संयोजकमा नवराज ढकाल, युवा परिचालन समितिको संयोजकमा बिकासमान श्रेष्ठ,अनुगमन समितिको संयोजकमा केदारनाथ खनाल, प्रतिवद्दता निर्माण समितिको संयोजकमा भोला अधिकारी ,महिला परिचालन समितिको संयोजकमा रुपा पिया, जन सङगठन परिचालन समितिको संयोजकमा केशव थापा निरु , आर्थिक समितिको संयोजकमा श्री राम पाण्डे र कार्यालय ब्यवस्थापन समितिको संयोजकमा लक्ष्मण सुवेदी चयन हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>