चितवन विशेष

भरतपुरमा निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको आफ्नै भवन बन्ने

Banner

चितवन, वैशाख ५–

निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ । भरतपुर महानगरपालिका–११, स्थित बाइपास सडक छेउमा रहेको एक कठ्ठा जग्गामा संघले भवन निर्माण गर्न लागेको हो ।

भवनको आज (सोमबार) एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । करिव २ करोड लागतमा निर्माण गर्न लागिएको भवन सुविधासम्पन्न हुने संघका अध्यक्ष हरि गैरेले जानकारी दिए । उनले भवन निर्माणका लागि निर्माण व्यवसायी र अन्य व्यवसायीहरुसंग सहयोग संकलन अभियान जारी राखिएको बताए । उनका अनुसार ५० लाख बढी सहयोग संकलन भइसकेको छ । अन्य व्यवसायीहरुले सहयोग घोषणा जारी राखेका छन् । २०५३ सालमा स्थापना भएको यस संघमा हाल ४ सयको हाराहारीमा सदस्यहरु भइसकेका छन् ।

भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले निर्माण सामग्री व्यवसायी संघले आफ्नै भवन निर्माण गर्नु सुखद् पक्ष रहेको भन्दै यसका लागि संघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष शिरिष पन्त, संघका वस्तुगततर्फका सदस्य एवं किराना व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष रविन्द्र कुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका दाताहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

कार्यक्रम भवन निर्माण समितिका संयोजक एवं निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>