देश/प्रदेश

मिस्टर नेपाल वल्र्ड २०२२को उपाधि नुतन श्रेष्ठलाई

Banner

काठमाडौँ, वैशाख ४–

मिस्टर नेपाल वल्र्ड २०२२ को उपाधि नुतन श्रेष्ठले हात पारेका छन् ।

३५ जना प्रतिष्पर्धीहरुमा आफूलाई अब्बल सावित गर्दै मोरङका २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै उनले पाँच लाख रुपैयाँ पाएका छन् । साथै उनले मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् । नुतनलाई यस अघिका मिस्टर नेपाल विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगितामा झापाका २३ वर्षीय अभिषेक चुँडाल फस्ट रनर्सअप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेण्ड रनर्सअप, कैलालीका २१ वर्षीय समिप साही थर्ड रनर्सअप तथा मोरङका २७ वर्षीय विशाल कटवाल फोर्थ रनर्सअप बन्नुभयो । उहाँहरुले क्रमशः पचास हजार, तीस हजार, बीस हजार र पन्ध्र हजार रुपैयाँ नगद पुरस्कार पाउनु भयो ।

यसवर्ष मिष्टर नेपाल वल्र्ड २०२२ का लागि ३६ प्रतिष्पर्धीहरुले भाग लिएका थिए । कार्यक्रममा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा. सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कट्वाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट हुनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>