चितवन विशेष

चितवनमा वैद्य निकटका विद्यार्थीहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गर्दै

Banner

चितवन, वैशाख ४–

पछिल्लो समय चितवनमा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ । आज (आइतबार) मात्रै थुप्रै विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीका अनुसार मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यद्धय दीपक पोखरेल र कृष्ण वि.क., अखिल क्रान्तिकारीका चितवन सचिव सन्दीप वि.क.,बालकुमारी कलेज नारायणगढका अध्यक्ष मिलन सुनार, वीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष ज्ञानदिप अधिकारी, सप्तगण्डकी क्याम्पसका अध्यक्ष विकास रसायली रहेका छन् ।

यस्तै भुवानी शंकर बहुमुखी क्याम्पस खैरहनीका अध्यक्ष समिर सुवेदी, बालकुमारी कलेजका कार्यवाहक अध्यक्ष असिम देवकोटा, सोही कलेजका उपाध्यक्षद्धय मनु घले र सुदर्शन तिमिल्सिना, सचिव सन्दीप भुजेल, सदस्यहरु विकास विश्वकर्मा, सुरज परियार, अरुण क्षेत्री र संजय क्षेत्री रहेका छन् ।

उनीहरुलाई माओवादी केन्द्र चितवनकी इन्चार्ज एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र जिल्ला संयोजक रामचन्द्र अधिकारीले पार्टी प्रवेश गराएका थिए । सो क्रममा बोल्दै विद्यार्थी नेताहरुले पार्टीलाई निर्वाचनमा विजय गराउन सक्रिय रुपमा लाग्ने प्रतिवद्धता जनाएका थिए ।

यस्तै कार्यक्रममा अन्य विभिन्न पार्टी परित्याग गरि ३०० बढी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>