मनोरञ्जन

गायिका विष्णु माझीको नयाँ गीत ‘मुटुमा माया छ’ सार्वजनिक

Banner

चितवन, वैशाख ४-

गायिक विष्णु माझीको स्वरको नयाँ गीत ‘मुटुमा माया छ’ सार्वजनिक भएको छ ।

गीतको लय र शब्द पवन ओलीको रहेको यो गीतमा चर्चित गायिका माझी र कुलेन्द्र विश्वकर्माले सुमधुर स्वर दिएका छन् । लोक दोहोरी गीतमा माझी र कुलेन्द्र रुचाइएका गायक गायिका मध्ये पर्छन् । उनीहरु दुईले गाएको गीतलाई अत्यधिक दर्शकहरुले रुचाएका छन् ।

पवनले सृजना गरेको यो गीतमा पुरानो आवाज भने योगेन्द्र गौतम र बिष्णु माझीको रहेको थियो । गीतको म्युजिक भिडियोमा अभिनय नायक पल शाह र जुना सुन्दासको रहेको छ ।

भिडियो सम्पादन भने प्रविन भट्टले गरेका हुन् । मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन श्याम कुँवरको कलर, बुद्धि तामाङको मेकअप रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>