Breaking News

चितवनको नारायणी किनारमा व्यापार, आम्दानी अपार

Banner

पूजा ढकाल

चितवन, वैशाख ३-

चितवनको नारायणी किनारमा हुने विभिन्न व्यापारबाट राम्रो आम्दानी हुने गरेको छ ।

बढ्दो शहरीकरणसँगै नदी किनारमा मनोरञ्जनको लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेपछि व्यवसायीको आम्दानी बढेको हो । नदी किनारमा ठेलामा खाजा तथा खानाका परिकार बेच्नेदेखि फोटो खिच्ने फोटोग्राफर र बोटिङ व्यवसायीहरुले मनग्य आम्दानी गरेको पाइन्छ । बेलाबेलामा दैनिक उपभोग्य वस्तु र लत्ता कपडा बेच्नेहरु पनि नदी किनारमा नै पुग्ने गर्छन् ।

कामको खोजीमा विगत सात वर्ष अगाडि तनहँुको दमौलीबाट देवी थापा गैँडाकोट आएकी थिइन् । अहिले उनी नारायणी नदी किनारमा ठेलामा मःम बेच्ने गर्छिन् । उनको श्रीमान् पनि होटल चलाउँछन् । दमौलीबाट सुरुमा आउदा श्रीमान्ले फर्निचरमा काम गर्थे । सो समयमा छोराहरुको स्कुल शुल्क र घर खर्च गर्दा पैसाको मुख देख्न मुस्किल भएपछि बिगत पाँच वर्षदेखि नारायणी किनारमा तनहुँ मगर समिर चिकन फास्ट फुड खाजा घर चलाएको उनको भनाइ छ । उनले मानिसहरुको चहलपहल बढेसँगै अहिले व्यापारले गति लिएको बताइन् । विश्वभर फैलिएको कारोना माहामारीको कारण पछिल्लो समय व्यापार घटे पनि अहिले कोरोना संक्रमण शुन्यमा झरेसँगै व्यापारले गति लिन थालेको उनले बताइन् । उनी भन्छिन्, ‘ दैनिक १५–२० हजारको सम्म व्यापार गरेको रेकर्ड छ । अहिले पनि सामान्यतया दैनिक ४–५ हजारको व्यापार घट्दैन ।’ तर, पछिल्लो समय शुक्रबार, शनिबार तथा बिदाको दिन राम्रो व्यापार हुन्छ र खर्च कटाएर दैनिक एक हजार २०० जति नाफा हुने गरेको उनले बताइन् । दैनिक एक हजार २०० को दरले पनि मासिक ३० हजार बढी नाफा हुने गर्छ ।

त्यस्तै, आफ्नै व्यापार गर्ने योजनाका साथ भरतपुर महानगरपालिका–४ लंकूकी भगवती सापकोटाले नारायणी किनारमा ठेलामा सापकोटा फास्ट फुड चलाउँदै आएकी छन् । सापकोटा दम्पतीले बिगत ५ महिनादेखि मःम पसल र पछिल्लो २\४ दिनदेखि चटपटको ठेला चलाउँदै आएका छन् । पछिल्लो समय जिल्लामा कोरोनाको संख्यामा कमी आएपछि केही हदसम्म राम्रो भएको उनको भनाइ छ ।

चटपट पसल खोलेको केही दिनमै पनि दैनिक हजारको व्यापार हुने र दिनको ४\५ सय नाफा हुने उनले बताइन् । उनको अनुसार उनीहरुले माहानगरपालिकालाई चटपट ठेलाको दुई हजार मःम ठेलाको तीन हजार गरी मासिक पाँच हजार भाडा बुझाउने गर्छन् । यस्तै पसलबाट निस्किएको फोहरको व्यवस्थापन भने महानगरपालिकाले नै गर्ने गरेको छ ।

किनारमै विगत दुई वर्षदेखि प्रकाश क्षेत्री फोटोग्राफीमा काम गर्दै आएका मन गुरुङको अनुसार फोटोग्रार्फीबाट दैनिक थोरैमा ८०० र धेरैमा एक हजार ३०० व्यापार हुने गर्छ । तर, शनिबार, बिदाको दिन र किनारमा कुनै कार्यक्रम हुँदा भने दिनमै तीन हजार कमाइ हुने उनले बताए । तर, सामान्य दिनमै पनि दैनिक पाँच हजारसम्म कमाएको उनले बताए । त्यस्तै वाल्मीकि ११ पढ्दै गरेका गुरुङले बिदाको दिन फोटोग्राफी र अन्य दिन चितवनको सलुट गोरखा आर्मी सेन्टरमा आर्मी तालिम लिँदै छन् । त्यस्तै आफूहरुले महानगरलाई तीन हजार भाडा बुझाउने गरेको समेत उनले बताए ।

त्यस्तै तीन वर्षदेखि नदीमा श्री निता बोटिङ सञ्चालकका अनुसार बोटिङबाट दैनिक १० हजार आम्दानी हुने गरेको छ । उनीहरुले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म तीन जनाको एउटा र १० जनाको एउटा गरी दुई वटा बोट सञ्चालन गर्दै आएका छन् । बोट सञ्चालक भन्छन्, ‘हामीले छोटो दूरीको प्रति व्यक्ति २५० र लामो दूरीको प्रति व्यक्ति ५०० लिने र परिवारमा आउनेलाई छुट समेत गर्ने गरेका छौँ । उनीहरुले महानगरपालिकालाई वार्षिक २५ हजार रुपैयाँ र प्रत्येक टिकटबाट समेत ५० रुपैयाँ शुल्क बुझाउँदै आएको सञ्चालकले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>