Breaking News

स्याङजामा जीप दुर्घटना: ६ जना घाइते, मृत्कको संख्या पाँच पुग्यो

Banner

स्याङजा, वैशाख ४-

स्याङजाको वालिङमा जीप दुर्घटनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका- १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको हो । दुर्घटनामा एक बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बतायो ।

मृतक पाँच जनाको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ भने घाइते भएका ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>