Breaking News

अन्तर्राष्ट्रिय विमानस्थलमा एक एटीएम मेसिन, भुक्तानीमा समस्या आएपछि पर्यटकलाई नगद ल्याउन विमानस्थलको आग्रह

Banner

काठमाडौँ, वैशाख ४-

विद्युतीय भुक्तानी प्रक्रियामा समस्या आएपछि पर्यटकहरुलाई नगद नै बोकेर आउन अनुरोध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सूचना जारी गर्दै नगद नै बोकेर आउन अनुरोध गरेको हो ।

पछिल्ला दिनमा विदेशबाट आउने पर्यटक बढेको र विमानस्थलभित्र एउटा मात्रै एटीएम मेसिन रहेकाले पर्यटकहरुलाई भुक्तानीका लागि लाइन बस्नुपर्ने झन्झट छ । सोही कारण अध्यागन कार्यालयले २०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा नगदमै बोक्न विमानस्थलले आग्रह गरेको छ ।

विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ । तर, आजभोलि विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>