चितवन विशेष
काँग्रेस नगर सभापतिले उपमेयर लड्छु भनिसके,भरतपुरको मेयर माओवादीलाईः देउवा
०

चितवन,बैशाख ३-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत गरेका छन् । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले भरतपुरको मेयर कुनै हालत छाड्न नहुने बताएका थिए । महामन्त्री गगनकुमार थापाले महानगर र उपमहानगरपालिकाको तालमेलबारे निर्णय गर्नुअघि नगर कमिटी र जिल्लाको राय लिनुपर्ने बताएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले मेयरमा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन नगरे मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
तर सभापति देउवाले भरतपुर नगर कमिटीको सभापतिले आफूसँग उपमेयर लड्न तयार छु भनिसकेको बताएका छन् । साथै कांग्रेसले धोका दिन नसक्ने भन्दै उनले पार्टीका कारण कुनै हालतमा गठबन्धन टुट्न नहुने बताएको एक नेताले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























