Breaking News

जसपाबाट निर्वाचित मेयर र माओवादी नेता सहित १८ जना वडाध्यक्ष एमालेमा प्रवेश

Banner

सर्लाही,बैशाख ३-

मधेसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रामक ढङ्गले पार्टी विस्तारलाई तीव्र बनाइरहेका बेला शनिवार सर्लाही सदरमुकाम मलंगवा पुगेका छन् । मलंगवामा आयोजित कार्यक्रममा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८ जना वडाध्यक्ष एमालेमा प्रवेश गरेको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँले बताए ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य केशव ढुंगाना, बसबरिया गाउँपालिकाका अध्यक्षका प्रत्याशी रामविश्वास राय लगायतका नेताहरू पनि एमाले प्रवेश गरेका छन् । एमालेमा दुई पटक सर्लाही जिल्ला प्रमुख भएका ढुंगाना माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीमा समावेश भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>