चितवन विशेष
चितवनमा गठबन्धन गर्न दलहरुले बनाए छुट्टै कार्यदल
०

चितवन,बैशाख २-
चितवनमा स्थानीय तहको निर्वाचनमा सहकार्यका लागि गर्नका लागि पाँचदलिय गठबन्धनले छुट्टै कार्यदल गठन गरेको छ । आज (शुक्रबार) काँग्रेस पार्टी कार्यालयमा बसेको बैठकले १० सदस्सीय कार्यदल गठन गरको हो ।
प्रत्येक दलबाट दुई/दुई जना सदस्य रहनेगरी १० जनाको कार्यदल गठन गरिएको काँग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । कार्यदलले शनिवार दिउँसो १२ बजेसम्म एउटा खाका बनाएर गठबन्धनका दलको बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ । बैठकमा काँग्रेस सभापति खनालसहित माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजबादीका जिल्ला इन्चार्ज कृष्ण प्रसाद खनाल, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरीको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























