चितवन विशेष
चितवनको रत्ननगरका माओवादी वडा इन्चार्ज देवकोटा एमाले प्रवेश
०

चितवन,बैशाख २-
चितवनको रत्ननगर नगरपालिकामा माओवादी केन्द्रका वडाकमिटी इन्चार्ज श्याम बहादुर देवकोटा एमालेमा प्रवेश गरेका छन् । रत्ननगर नगरपालिका वडा नं ५ का इन्चार्ज तथा क्षेत्रीय कमिटी सदस्य र नगरकमिटी सचिवालय सदस्य देवकोटा एमालेमा प्रवेश गरेका हुन ।
भरतपुरमा आयोजित एमालेको जिल्ला कमिटी बैठकमा पूर्व अर्थमन्त्री तथा पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले उनलाई टीका र माला लगाएर पार्टी प्रवेश गराएको नगर कमिटी सहसचिव सागर मिश्रले जानकारी दिए । देवकोटा माओवादी केन्द्र रत्ननगरको केही दिन अघि सम्पन्न नगर अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सहसचिवमा पराजित भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























