चितवन विशेष
अपराधी र देशद्रोहीलाई देशबाटै लखेट्नुपर्छः ज्ञानेन्द्र शाही

चितवन,बैशाख २-
राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले देशद्रोहीहरुलाई लखेट्ने चेतावनी दिनुभएको छ । राप्रपाको आमसभालाई भरतपुरमा सम्बोधन गर्दै उहाँले अपराधी र देशद्रोहीलाई देशबाटै लखेट्ने चेतावनी दिनुभयो । नेतृत्वले गल्ती गर्दा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । एमसीसी राष्ट्रघाती सम्झौता भएको उहाँको भनाई छ । उहाँले मतपत्र च्यातेर फेरी जित्ने सपना पुरा हुन नदिने बताउनुभयो ।
मतपत्र च्याते उनीहरुलाईनै मतपत्र मिलाउन बाध्य पार्ने बताउनुभयो । उहाँले प्रदेश संरचना हटाइनुपर्ने बताउनुभयो । संघियतामा प्रदेश चाहिदैन, ऋण मागि मागि सेतो हात्ती पाल्दैनौँ, उहाँले भन्नुभयो,शिक्षा, स्वास्थ निःशुल्क र गुणस्तर बनाउन लागौँ । उहाँले राज बाघ भएको भन्दै नेताहरूलाई स्याल भन्दै व्यङ्ग्य गर्नुभयो ।
उहाँले भ्रष्टाचारीहरुलाइ जेल हाल्ने चेतावनी दिनुभएको छ । उहाँले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै राप्रपाले पालिकाहरुमा उम्मेदवारी दर्ता गराउने बताउनुभयो । उहाँले जनतालाई झुक्याउनेहरुलाई यसपालि जमानतनै जफत गराउनुपर्नेमा जोड दिनुभयो ।

























