चितवन विशेष
मर्यादित समाज बनाउन नेपालमा हिन्दुराष्ट्र चाहिन्छः कुन्ती शाही
०

भरतपुर, वैशाख २ –
राप्रपाका केन्द्रीय महामन्त्री कुन्ती शाहीले मर्यादित समाज बनाउन नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने बताउनुभएको छ । भरतपुरमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै शाहीले नैतिकवान, मर्यादित समाज बनाउन धर्म, संस्कृति, सम्पदा चाहिने बताउनुभयो ।
धर्मबाट शासन चलाउने होइन, उहाँले भन्नुभयो,समाजलाई राम्रो बाटोमा लैजान धर्म संस्कृति चाहिन्छ । उहाँले तीन तहका सरकारको नेतृत्वमा एक कार्याकाल जिताए राप्रपाले देशलाई विकासको तीव ग्रतीमा अगाडि बढाएर देखाउने दाबी गर्नुभयो । उहाँले स्वाबलम्बी देश बनाउने नेतृत्व अन्य दलले गर्न नसक्ने बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























