Breaking News

चितवनमा राजेन्द्र लिङदेनले भनेः भ्रष्टाचारमुक्त पालिका बनाउँछौ

Banner

भरतपुर, वैशाख २-

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई सर्वोत्तम सेवा मान्नेहरुको नेतृत्व राप्रपाले गरेको दावी गर्नुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै लिङदेनले राजनीतिलाई पेशा, व्यवसाय, ओढ्ने ओछ्याउने बनाउनेहरु विरुद्ध राप्रपा सशक्त बन्दै गएको बताउनुभयो । उहाँले यसपालि स्थानीय तहको चुनावमा विगत भन्दा धेरै ठाउँमा जित हासिल गर्ने बताउनुभयो । उहाँले चुनावी तालमेलबारे कुनै निर्णय भैनसकेको बताउनुभएको छ ।

हामीलाई कसैले महत्त्वपूर्ण पदहरुमा सघाए हामी पनि सघाउन तयार छौ,उहाँले भन्नुभयो, आन्तरिक स्थानीय रुपमै समझदारी हुन सक्छ, तर अहिले कुनै निर्णय भैसकेको छैन । अध्यक्ष लिङदेनले राप्रपाले जितेका पालिकाहरुमा १२ कक्षासम्म पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गरिने बताउनुभयो । १२ सम्मनै कम्प्युटर शिक्षा, बालकक्षा सुधार, बाल शिक्षकहरुको कम्तिमा १५ हजार तलबको व्यवस्था गरिने बताउनुभयो । स्वरोजगारका लागि विना धितो ऋण व्यवस्था गर्ने, आधारभुत स्वास्थ निस्शुल्क गर्ने, उपचारको अभावमा कोहिले ज्यान गुमाउन नपर्ने गरि पालिकाहरुको नेतृत्व गर्ने बताउनुभयो । राप्रपाले जितेका पालिकाहरुमा स्थानीय कर ५० प्रतिशत कर घटाउने बताउनुभयो । जेष्ठ नागरिकहरुले पाउदै आएका सेवा सुविधा थप गरि घरदैलोमै सेवा पुर्याइने बताउनुभयो ।

उहाँले भ्रष्टाचार शून्य बनाइने समेत दाबी गर्नुभयो । सिंहदरबारको भ्रष्टाचार पनि तल्लो तहसम्म आयो,उहाँले भन्नुभयो, भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्छ ।  उहाँले अहिलेकै हाराहारीको बजेटबाट पालिकाहरुको विकास सम्भव रहेको बताउनुभयो । उहाँ राप्रपा चितवनको आमसभालाई सम्बोधन गर्न चितवन आउनुभएको हो । आमसभा भरतपुरको पारस बसपार्कमा जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>