चितवन विशेष
किराना व्यवसायी संघ चितवनको भित्तेपात्रो विमोचन
०

चितवन, वैशाख १–
किराना व्यवसायी संघ चितवनले प्रकाशन गरेको नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भित्तेपात्रो विमोचन गरेका हुन् ।
कार्यक्रममा संघका उपाध्यक्षहरु सुमन कुमार श्रेष्ठ, चिरिजीवी सुवेदी, राजेन्द्र ओली, किराना व्यवसायी संघका निवर्तमान अध्यक्ष रविन्द्रकुमार श्रेष्ठ, पूर्वअध्यक्ष इश्वरीप्रसाद खराल, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
संघले किराना व्यवसायीहरुको हकअधिकारीका लागि लड्नुका साथै विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ । कार्यक्रम संघका अध्यक्ष हरिराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























