चितवन विशेष

नयाँ वर्षको पहिलो दिन देवघाट र मौलाकालिकामा भक्तजनको भीड

Banner

चितवन, वैशाख १-

नयाँ वर्ष २०७९ को पहिलो दिन चितवन र नवलपुरका विभिन्न तीर्थस्थल र मठमन्दिरमा भक्तजनको घुँइचो लागेको छ । चितवन,तनहुँ र नवलपुरको संगम देवघाटधाममा विहानैदेखि स्नान गर्ने तिर्थालुको भीड लागेको छ । नयाँ बर्षका दिन देवघाटधाममा स्नान गर्ने प्रचलन रही आएको छ । चितवन,तनहुँ,नवलपुर र अन्य छिमेकी जिल्लाबाट समेत देवघाटमा स्नानका लागि भक्तजनहरु आएका छन् ।

यस्तै नवलपुरको प्रसिद्ध मैलाकालिका मन्दिरमा आज विहानैदेखि भक्तजनहरुको भिड लागेको छ । मौलाकालिकामा दर्शन गर्न जाने भक्तजनको विहानैदेखि लामो लाइन लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>