चितवन विशेष
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको अध्यक्षमा डा.यमबहादुर
०

चितवन, वैशाख १–
नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्षमा डा.यमबहादुर वि.के सर्वसम्मत निर्वाचित भएका छन् । नारायणगढमा सम्पन्न चौथो अधिवेशनबाट डा.वि.के.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा हेमबहादुर वि.के., उपाध्यक्षमा त्रिलोक रामदाम, राजु बराली, ननेन्द्र बराली, मोहन पन्थी, रविन्द्र पन्थी, उत्सव खाती र तारा रसाइँली निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा गोपाल गहतराज, सचिवमा रमेश सदाशंकर, युवराज सुनार र रुपा बराली, कोषाध्यक्षमा निलेनमान शाक्य, सह–कोषाध्यक्षमा विनोदबहादुर विश्वकर्मा चयन भएका छन् ।
यसैगरि प्रवक्तामा विकाश बर्मा, सूचना अधिकृतमा लालबहादुर सेन्चुरी, सदस्यहरुमा जितबहादुर वि.के., सरिता घताने,लगायत निर्वाचित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























