Breaking News

दोहोरिने दाउमा चितवनका पालिका प्रमुख, उप-प्रमुखको प्रमुख बन्ने तीब्र इच्छा

Banner

चितवन,चैत ३०-

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ताराकुमारी काजीमहत्तो माडी नगरपालिकाको उप–प्रमुखमा सबैभन्दा बढी मत लिएर विजयी हुनुभयो । पाँच बर्षे अवधिमा न्यायिक समिति, आर्थिक तथा अनुगमन समितिमा रहेर उप–प्रमुखले गर्ने कामहरु सफलता पूर्वक नै सम्पन्न गर्नुभयो । त्यो अनुभवलाई लिँदै उहाँले माडी नगरपालिकाको प्रमुख पदका लागि अहिले पार्टी नेतृत्वसंग लविङ गरिहनुभएको छ ।

‘पाँच बर्ष उपप्रमख भएर काम गरेँ । यो अवधिमा मलाई दिएको जिम्मेवारी पुरा गरेको अनुभव मैले गरेकी छु,’ उहाँले भन्नुभयो, ‘अब पालिका प्रमुख भएर काम गर्ने इच्छाका साथ पार्टीमा मेरो कुरा राखेकी छु ।’ उहाँ नेकपा (एमाले)बाट निर्वाचित हुनुभएको थियो । माडीमा नेकपा (माओवादी)ले नगर प्रमुख जितेको थियो । तर, उहाँले अत्याधिक मतका साथ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । अहिलेपनि माडी नगरपालिका प्रमुखमा पार्टीले टिकट दिनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

राप्ती नगरपालिकाका उप–प्रमुख इमानसिंह लामाको पनि पार्टी नेतृत्वसंग नगर प्रमुखको टिकट लिन दौडधुप कम छैन् । उप–प्रमुख हुँदा गरेका कामलाई म्यूजिक भिडियो नै बनाएर प्रचारप्रसारमा उत्रिनुभएका लामा यसपटक नगर प्रमुखमा उठ्ने तयारी गर्नुभएको छ । ‘यसअघिको म उप–प्रमुख हो । स्वभावैले म प्रमुखको हकदार हो,’ उहाँले भन्नुभयो, ‘यहाँका धेरै जनता र कार्यकताको भावना पनि एक पटक मेयर उठ्नुपर्छ भन्नेछ ।’

उहाँले आफु नगरप्रमुख हुँदा गर्ने योजना समेत बनाउनुभएको छ । ‘भौतिक निर्माणका कामहरु कहिल्यै टुंगिँदैन । चलिरहने प्रकृया हो,’ उहाँले भन्नुभयो, ‘समग्र नगरको विकासका लागि आवश्यक पर्ने कृषि, स्वास्थ्य, शिक्षा, रोजगार नै हो । यसलाई प्राथमिकतामा राखेर काम गर्ने योजना छ ।’

स्थानीय तहको निर्वाचन हुन् ३० दिन बाँकी छ । नगर तथा गाउँपालिकाको नेतृत्वका लागि नेताहरुको दौडधुप चलिरहेको छ । उमेद्वार छनोट प्रक्रिया सुरु हुँदै लाग्दा चितवनका अधिकांश पालिकाका प्रमुख उप–प्रमुखहरुले नै आकांक्षा व्यक्त गरेका छन् । भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाह ठकुरी महानगर प्रमुखको आंकांक्षा सहित पार्टीमा निवेदन पेश गर्नुभएको छ ।

‘स्थानीय तहको पाँच बर्षको अनुभव छ । ७५३ पालिका मध्ये उपप्रमुखलाई दिएको जिम्मेवारी उत्कृष्ट रुपमा बहन गरेको मलाई लागेको छ,’ उहाँले भन्नुभयो, ‘यसपटक प्रमुखमा मेरो दाबी रहन्छ ।’

भरतपुर महानगरपालिकाबाट हालकै महानगर प्रमुख रेनु दाहाल, माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल, कालिकाका नगरप्रमुख खुमबहादुर श्रेष्ठ र रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला देबी दवाडीले पनि नगरको प्रमुखमा इच्छा जाहेर गरेका छन् । रत्ननगर नगरपालिका नगरप्रमुख नारायण, वन, राप्ती नगरपालिका प्रमुख प्रभा बराल र कालिका नगरपालिकाकी उप–प्रमुख कल्पना भट्टराईले भने यसपटक उठ्ने इच्छा व्यक्त गरेका छैनन् । ‘२०५४ र २०७४ मा गरि दुई पटक मेयर भईसकेँ । अहिले अरु साथीहरुलाई पनि पालो दिनुप¥यो,’ रत्ननगर नगरपालिकाका प्रमुख वनले भन्नुभयो, ‘पार्टीले नै उठ भने त उठ्न पर्ने होला तर, मेरा भित्री इच्छा छैन् ।’

२०७४ को स्थानीय तहको निर्वाचनमा चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा पद दुवै जितेको थियो । अध्यक्ष जितेकी गिता गुरुङ र उपाध्यक्षमा विजयी भएका कृतिकुमार श्रेष्ठ अध्यक्षको टिकट लिन दौडधुप गरेका छन् । ‘इच्छाकामनामा सडक सञ्जालदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटकीय क्षेत्रमा हामीले काम ग¥यौ । अझै बाँकी रहेका कामलाई पुरा गर्न यहाँका नागरिकले मलाई खोजेको हो कि भन्ने मलाई महशुस भएको छ । त्यो कारणले भनि मैले दोहोर्याउन खोजेको हुँ’ –गुरुङले भन्नुभयो ।

उपाध्यक्ष कृतिकुमार श्रेष्ठ पनि उठ्ने तयारी गर्नुभएको छ । ‘पाँच बर्ष उपाध्यक्ष भएर जनताको सेवा गरियो । फेरि अध्यक्ष भएर जनताको सेवा गरौँ भन्ने इच्छाले अध्यक्षमा उमेद्वारी दिँदै छु,’उहाँले भन्नुभयो, जनताको इच्छा पनि त्यही छ ।’ नेकपा(एमाले)ले भरतपुर महानगरमा विजय सुवेदी र इच्छाकामनामा दानबहादुर गुरुङको नाम सिफारिस गरेको छ । अन्य स्थानमा भने कुनै पनि पदले उमेद्वार छनोट गर्न सकेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>