चितवन विशेष

चितवनमा छोरीलाई जिताउन पनि प्रचण्डलाई गठबन्धन चाहिएको छः ओली

Banner

चितवन,चैत ३०-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई छोरी जितउन भए पनि गठबन्धन चाहिएको बताउनु भएको छ । बुधबार सुनसरीको इनरुवामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले प्रचण्डलाई छोरी जिताउन भए पनि गठबन्धन चाहिएको टिप्णी गर्नुभयो । उहाँले भन्नुभयो “प्रचण्डलाई त झन् चितवनमा छोरी जिताउन पनि गठबन्धन आवश्यक भएको हो।”

पाँच दलीय गठबन्धनविरुद्ध निर्वाचनमा एमाले एक्लै भिड्न सक्ने उहाँले बताउनुभयो । ओलीले एमालेविरुद्ध जतिसुकै दल मिलेर भिड्न आए पनि जित एमालेकै हुने दाबी गर्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले भन्नुभयो “‘गठबन्धन गरेर को–को आउने हुन्, आउन्। सबै मिएर आए हुन्छ। हामी एक्लै लडेर विजयी हासिल गर्न सक्ने छौँ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>