Breaking News

संघीयता खारेजीको एजेन्डा लिएर जनमोर्चा चुनावमा

Banner

काठमाडौँ,चैत ३०-

राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ नारा दिएर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा स्थानीय तहमा रहेको बेरुजु न्यूनीकरण गर्दै स्वशासनमा जोड दिने तथा भ्रष्टाचारको रोकथाम गर्ने उल्लेख गरिएको छ ।

गाउँको विकासका लागि छुट्टै ग्रामीण विकास मन्त्रालयको गठन गर्ने बताइएको छ । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तहलाई बलियो बनाउन आफ्नो शक्ति केन्द्रित हुने बताए ।

विकेन्द्रित र सन्तुलित विकास नीतिसहित २८ बुँदे घोषणापत्र सार्वजनिक गर्दै उनले चुनावमा अन्य दलसँग एकता गरेर गए पनि आफ्नो चुनावी एजेण्डालाई आफ्ना उम्मेदवारले कार्यान्वयनमा लैजाने बताए । केसीले संविधानमाथि खतरा देखेर प्रतिगमनकाविरुद्ध पाँच दलीय गठबन्धन बनेको धारणा राखे ।

सदनलाई चल्न नदिएर प्रतिगमन अझै पनि सक्रिय रहेकाले गठबन्धनको औचित्य कायमै रहेको उनको भनाई छ । घोषणा पत्रमा स्रोत संरक्षण तथा प्रवद्र्धनमा जोड दिने एवं कृषि एवं कृषिजन्य उद्योगको विकासका लागि प्रयत्न गर्ने उल्लेख छ । यसैगरी सबैको समान विकासका लागि पिछडिएका समुदाय र दुर्गम क्षेत्रको विकास गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>