Breaking News
सशस्त्र प्रहरीको आईजीपीमा २१ दिनका लागि पुष्पराम केसी नियुक्त
०

काठमाडौँ, चैत ३०-
आज बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ ।
एक मन्त्रीका अनुसार नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए । तर सरकारले वरियताका आधारमा केसीलाई २१ दिनका लागि मात्र महानिरीक्षक नियुक्त गरेको हो ।
त्यसपछि फेरि नयाँ चयन गर्नुपर्ने हुन्छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























