चितवन विशेष

भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत फेरिए,रावललाई हटाएर अधिकारीलाई ल्याइयो

Banner

चितवन,चैत २९-

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत फेरेको छ । आयोगले हिजो सोमबार एक सूचना प्रकाशित गरी भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत फेरिएको जानकारी दिएको हो ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै तोकिएका भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत चितवन जिल्ला अदालतका न्यायधिश हेमन्त रावललाई हटाएर न्यायधिश प्रकाश कुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । आयोगले चैत २८ गते लागू हुने गरी निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत किन फेरिएको हो भन्ने बारेमा आयोगले स्पष्ट पारेको छैन । एकाएक मुख्य निर्वाचन फेरिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>