चितवन विशेष

भरतपुरको उपमेयरमा टंकनाथ पौडेलको दावी

Banner

चितवन, चैत २८–

युवा नेता तथा समाजसेवी टंकनाथ पौडेलले भरतपुर महानगरपालिकाको उपमेयरमा दावी गरेका छन् । उनले नेपाली कांग्रेस भरतपुर महानगर समितिलाई आइतबार आफ्नो दावी पत्र पेश गरेका छन् । युवा नेता पौडेल कांग्रेस चितवनको पूर्व प्रदेश सभापति हुन् ।

नेपाली कांग्रेसमा लामो समयदेखि योगदान दिएका पौडेल यसपटक भरतपुरको उपमेयर भएर समाजका लागि सेवा गर्न तत्पर छन् । नेता पौडेलले भरतपुरलाई गुरुयोजना बनाएर सुन्दर शहरको रुपमा विकास गर्न उपमेयरमा दावी प्रस्तुत गरेका बताएका छन् । पार्टीले टिकट दिए भरतपुरको मुहार फेर्न आफू सधै तयार रहेको बताए । उनी देवघाट क्षेत्रविकास समितिका पूर्व अध्यक्ष समेत हुन् । उनले आफ्नो कार्यकाललाई देवघाटलाई व्यवस्थित र सरसफाईयुक्त बनाउन महत्वपूर्ण कार्यहरु गरेका छन् ।

युवा नेता पौडेल यसपटक कांग्रेस जिल्ला अधिवेशनमा महासमिति सदस्यका उम्मेद्वार बनेका थिए । तर सर्वसम्मत गर्नुपर्ने अवस्था बनेपछि उनी बाधन नबनी अन्य उम्मेद्वार सघाएका थिए । राजनीतिमा त्याग पनि आवश्यक रहेको भन्दै पौडेलले यसपटक पार्टीले उपमेयरको टिकट दिनेमा विश्वस्त छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>