Breaking News
बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठले गरे भरतपुरको मेयरमा दावी
०

चितवन, चैत २८–
बागमती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठले भरतपुर महानगरपालिकाको मेयरमा दावी गरेका छन् । मन्त्री श्रेष्ठले आज (सोमबार) नेपाली कांग्रेस भरतपुर महानगर समितिलाई आफ्नो दावी पत्र पेश गरेका छन् ।
मन्त्री श्रेष्ठको प्रस्तावकमा राजकुमार गुरुङ र समर्थकमा वसन्त ढकालले हस्ताक्षर गरेका छन् । मन्त्री श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवा निकटका नेता हुन् । उनी कांग्रेस चितवनको सभापतिमा समेत चुनाव लडेका थिए । पहिलो चरणमा दोस्रो भएपछि दोस्रो चरणमा निर्वाचन नै नगरि श्रेष्ठले सभापति राजेश्वर खनाललाई समर्थन गर्दै सर्वसम्मत नेतृत्व चयनमा सघाउँ पुर्याएका थिए ।
कांग्रेसले भरतपुर महानगरपालिकाको मेयर र उपमेयरका लागि आजसम्म इच्छा जोहर गर्न समय दिएको छ । आइतबार १३÷१३ जनाले मेयर र उपमेयरमा इच्छा जोहर निवेदन दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























