चितवन विशेष

भरतपुरको मेयरमा कांग्रेसका निलकण्ठ रिजालको दावी

Banner

चितवन, चैत २८–

आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका युवा नेता निलकण्ठ शर्मा रिजालले दावेदारी पेश गरेका छन् ।

रिजालले आइतबार नेपाली कांग्रेस जिल्ला समक्ष भरतपुरको मेयरका लागि आफ्नो नाम प्रस्तुत गरेका छन् । पार्टीले टिकट दिए ‘शिक्षा, स्वास्थ्य र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर प्रविधिमैत्री हाम्रो भरतपुर महानगर’ नारा लिएर चुनावी मैदानमा उत्रिने रिजालले बताए ।

भरतपुर महानगरपालिका–१२ निवासी रिजाल २०४९ सालदेखि नै नेपाल विद्यार्थी संघ वडा इकाई समितिको अध्यक्ष हुँदै राजनीतिमा सक्रिय बनेका हुन् । उनी २०५३ सालमा वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियूको सदस्य, २०५५ मा स्ववियू सचिव हुँदै प्राविधिक विद्यार्थी परिषद्को केन्द्रीय अध्यक्ष बनेका थिए ।

रिजाल २०६१ मा नेविसंघको केन्द्रीय सदस्य, ०६४ मा सहमहामन्त्री र २०७४ मा नेविसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । उनी जनआन्दोलनका घाइते समेत हुन् । आफूलाई टिकट दिए भरतपुरको विकासमा लहर ल्याउने रिजालको दावी छ । उनले यसपटक भरतपुरमा कांग्रेस उम्मेदवारलाई भोट हाल्ने वातावरण बनाउनै पर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>