चितवन विशेष
काँग्रेस चितवनकी नेतृ निरु कार्कीद्धारा भरतपुरको उपमेयरमा उम्मेद्वारी घोषणा
०

चितवन,चैत २७-
नेपाली काँग्रेस चितवनकी नेतृ निरु कार्कीले भरतपुरको उपमेयरमा आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन् । भरतपुर महानगरको मेयर उपमेयरका लागि पार्टीले आकाक्षीहरुको आजदेखि मनोनयन दर्ता गरिरहेको छ । यो क्रम भोलीसम्म जारी रहनेछ । उपमेयरमा कार्की सहित अन्यले पनि आकाँक्षा दर्ता गरेका छन् ।
नेपाली काँग्रेस पूर्व महासमिति सदस्य समेत रहेकी कार्की वर्तमान महाधिवेशन प्रतिनिधि हुन् । उनि विभिन्न सामाजिक संघ संस्थामा सक्रिय छन् । लेडिज जेसिज नारायणगढकी पूर्व अध्यक्ष कार्की वर्तमान लेडि लायन्सको अध्यक्ष हुन् । निरु निवर्तमान सहसचिव राजन कार्कीको धर्मपत्नी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























