देश/प्रदेश

उदय सोताङको स्वरमा नयाँ गीत ‘तिम्रो साथ’ सार्वजनिक

Banner

चितवन, चैत २७-

लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश ’तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सेन्टिमेन्टल भर्सनको यस गीतमा शब्द अमेरिकाको ओहायो शहर निवासी गीतकार रमेश लुइँटेलको रहेको छ । यस गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतवद्ध गरेका हुन् । गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ ।

साथ छुट्ला भन्ने डरले आफ्नो शारीरिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुःखद परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा सुजिता सिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ । राम केसीले छायांकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो । ’नेपाली मेलोडिज’ नामक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>