मनोरञ्जन
उत्कृष्ट फिल्म डी सिने अवार्ड ‘मारुनी’लाई, पुष्प र केकी उत्कृष्ट नायक-नायिका

काठमाडौँ, चैत २७-
१२औं डी सिने अवार्ड सोसल ड्रामामा निमार्ण भएको फिल्म ‘मारुनी’ले निर्देशक, अभिनेताजस्ता मुख्य विधामा जित हासिल पारेको छ । काभ्रेको धुलिखेलमा आयोजना गरिएको अवार्डमा कार्यक्रममा फिल्म ‘मारुनी’ले अवार्ड हात पारेको हो ।
पुनम इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘मारुनी’बाट नवल नेपालले निर्देशन, पुष्प खड्काले अभिनेता र सञ्जय लामाले छायांकन विधामा जित हात पारेका हुन् । उक्त कार्यक्रममा नेपाली फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
अवार्ड विजेताको सूची
पाश्र्व संगीतः एलिस कार्की (साङ्लो)
ध्वनिमिश्रण : अमित श्रेष्ठ (जात्रैजात्रा)
गीतकार : राजेन्द्र थापा (छ माया छपक्कै)
पाश्र्व गायिका : इतु जोजीजु (मखमली मखमली)
पाश्र्व गायक: कृष्ण काफ्ले (मारुनी)
चलचित्र लोकसंगीत संगीतकार : वसन्त थापा – जुनको जुनेली (छ माया छपक्कै)
संगीतकार : अर्जुन पोखरेल – सुन्यौ कि सुनेनौ (लभ डायरिज)
उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज – एमजी रोडैमा (हजार जुनीसम्म)
द्वन्द्व निर्देशक : श्री श्रेष्ठ (साङलो)
हास्य कलाकार : केदारप्रसाद घिमिरे (छ माया छपक्कै)
खलपात्र : प्रकाश शाह (साङ्लो)
कथा : गोविन्द फुयाल (मारुनी)
पटकथा : आशुतोष राज श्रेष्ठ (जाइरा)
संवाद : रामबाबु गुरुङरउपेन्द्र सुब्बा (कबड्डी कबड्डी कबड्डी)
नवनायिका : रुविना थापा (लभ डायरिज)
नवनायक : अंकित शर्मा (रातो टीका निधारमा)
नवनिर्देशक : विराज भट्ट (साङ्लो)
उत्कृष्ट चरित्र अभिनेत्री : मिथिला शर्मा (आमा)
चरित्र अभिनेता : माओत्से गुरुङ (कबड्डी कबड्डी कबड्डी)
सहअभिनेत्री : स्वस्तिमा खड्का(हजार जुनीसम्म)
सहअभिनेता : जीतु नेपाल (छ माया छपक्कै)
छायाँकार : सञ्जय लामा (मारुनी)
सम्पादक : विपिन मल्ल (छ माया छपक्कै)
अभिनेत्री : केकी अधिकारी (छ माया छपक्कै)
अभिनेता: पुष्प खड्का (मारुनी)
निर्देशक: नवल नेपाल (मारुनी)
फिल्म : मारुनी
प्रोत्साहन अवार्ड : क्षितिज सुवेदी (वीर विक्रम २)
साउण्ड एडिटर : किशोर आचार्य (सानो मन)
भीएफएक्स आर्टिस्ट : समिर मियाँ (साङ्लो)
वर्षको पपुलर गायिका : मिलन नेवार –चरीले काफल (साङ्लो)
निर्देशक : दीपेन्द्र लामा (छ माया छपक्कै)
पपुलर फिल्म: छ माया छपक्कै
























