Breaking News

प्रधानमन्त्रीसंग चितवन र पश्चिमको रंगशालालाई पूर्णता दिने सैद्धान्तिक सहमति भएको छः प्रचण्ड

०
Banner

चितवन, चैत २६–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले पूर्णता दिने बताएका छन् ।

आज (शनिबार) सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथनका विजेताहरुलाई पुरस्कार वितरण गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासंग चितवनको रंगशाला र पश्चिममा एक रंगशालालाई पूर्णता दिने विषयमा सैद्धान्तिक सहमति भएको बताएका हुन् । उनले पछिल्लो समय चितवन खेलकुदको हब बन्दै गइरहेको भन्दै भौतिक पूर्वाधारहरु समेत निर्माण हुने क्रम बढेको बताए ।

खेलाडीको उर्वर भूमि चितवन रहेको भन्दै चितवनलाई खेलकुद पर्यटनको रुपमा विकास गर्नुपर्ने बताए । अध्यक्ष दाहालले विश्व फेरि एकपटक साइक्लिङमा फर्किएको भन्दै नेपालमा आर्थिक उपार्जन र खेलकुदको रुपमा साइक्लिङलाई अघि बढाइने बताए । उनले साइक्लिङले स्वास्थ्य र पर्यावरण जोगाउने भएकाले यसको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । अध्यक्ष दाहालले साइक्लिङका विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>