Breaking News
ओलीले अर्थमन्त्रीलाई भने– थुतुनोभरि रौँ भएको मुसाले धान खायो, चोट पाउने भ्यागुतो
०

काठमाडौँ, चैत २६-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्नु गलन भएको बताएका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश व्यक्त गरेका हुन् ।
कार्यक्रममा बेल्दै उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘ थुतुनोभरि रौँ भएको मुसाले धान खायो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको बताए । त्यस्तै नेपालको अर्थतन्त्र अर्थमन्त्री जनार्दन शर्माले ध्वस्त पारेको उनको भनाइ छ ।
‘सरकारले गभर्नरलाई कारबाही गर्यो रे। जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए,’ अध्यक्ष ओलीले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























