चितवन विशेष

चितवनमा दुई म्याजिक ठोक्किदा ८ जना घाइते

Banner

चितवन, चैत २६–

चितवनमा दुईवटा म्याजिक एक आपसमा ठोक्किदा ८ जना घाइते भएका छन् ।

आज (शनिबार) विहान ८ बजेको समयमा भरतपुर–१४ लाफाचोकस्थित पटिहानिबाट गीतानगर तर्फ आउँदै गरेको ना१ज ६१८८ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज ४१८१ नम्बरको म्याजिक भ्यान एक आपसमा ठक्कर खाएको थियो । सो दुर्घटनामा ना१ज ४१८१ नम्बरको म्याजिक चालकसहित दुबै म्याजिकमा सवार ८ जना घाईते भएको चितवन प्रहरीले जनाएको छ ।

उनीहरुलाई भरतपुरस्थित एलाईभ हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ना१ज ६१८८ नम्बरको म्याजिक चालकलाई ईलाका प्रहरी कार्यालय गीतानगरको नियन्त्रणमा राखिएको छ ।

घाइते हुनेहरुको नाम यसप्रकारको छः

१. ना१ज ४१८१ म्याजिकमा सवार कास्की पोखरा १५ नयाँगाउ बस्ने बर्ष ५० की कृष्णमाँया सापकोटा, मध्यम ।
२. चितवन भरतपुर–९ शरदपुर बस्ने बर्ष ४७ की सरस्वती देवकोटा, सामान्य ।
३. चितवन भरतपुर–८ गौरिगन्ज बस्ने बर्ष १८ को प्रबिण ढकाल, सामान्य ।
५. चितवन भरतपुर–८ बस्ने बर्ष १४ को सुशिल देवकोटा, सामान्य ।
६. चितवन भरतपुर–८ बस्ने बर्ष २७ को सन्जय सापकोटा, सामान्य ।
७. चितवन भरतपुर–८ बस्ने बर्ष १६ की सलिना देवकोटा, सामान्य ।
८. चितवन भरतपुर–८ बस्ने बर्ष ३४ की अन्जु थपलिया, सामान्य ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>