Breaking News

साइक्लिङले स्वास्थ्य र पर्यावरणलाई जोगाउँछः प्रचण्ड

Banner

चितवन, चैत २६–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइक्लिङले स्वास्थ्य र पर्यावरण जोगाउने भएकाले यसको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।

आज (शनिबार) विहान नारायणगढमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथनको समुद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो प्रतियोगिताले साइकल प्रयोगलाई प्रोत्साहन गर्ने बताए । पर्यावरण, खेलकुद र स्वास्थ्यका लागि विश्वले नै साइकललाई उत्कृष्ट साधनको रुपमा स्वीकारेको भन्दै यस प्रकारका साइक्लिङ प्रतियोगिता आयोजना गरिनु राम्रो भएको बताए । उनले यस प्रतियोगिताले देशैभर स्वास्थ्य र पर्यावरणको संरक्षणमा राम्रो सन्देश जाने बताए । उनले यस प्रतियोगिता आयोजनाका लागि चितवनको भरतपुर नै छनोट गरिएकोमा आयोजक टिमलाई धन्यवाद दिए ।

प्रज्ञा स्मृति प्रतिष्ठान र बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>