चितवन विशेष

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवनको गंगानगर माविका दुई शिक्षक पक्राउ

Banner

चितवन,चैत २५-

छात्राहरूलाई यौन दुर्व्यवहर गरेको आरोपमा चितवन प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । बाल यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान गर्न बिहीबार दुई शिक्षकलाई पक्राउ गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ हुनेमा भरतपुर महानगरपालिका १३ गंगानगरको श्री गंगानगर माविका शिक्षकहरू ५८ वर्षीय फणिन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा रहेका छन् । भट्टराईविरूद्ध सो विद्यालयमा कक्षा ४ मा पढ्ने छात्रा र देवकोटाविरूद्ध कक्षा ६ मा पढ्ने छात्राका अभिभावकले बिहीबार नै जाहेरी दिएका थिए । भट्टराई र देवकोटाले पढाउने क्रममा नै कक्षा कोठामै यौन दुर्व्यवहार गर्ने छात्राहरूको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>