चितवन विशेष

आज चितवनका बिभिन्न क्षेत्रमा ५ घण्टा विद्युत अवरुद्ध हुने

Banner

चितवन,चैत २४-

आज चितवनका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण चनौली तथा माडी सव स्टेसनबाट वितरण हुने क्षेत्रमा बिहान ६ देखि ११ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो । भरतपुर सव स्टेसनबाट चनौली लगिएको ३३ केभीको जम्पर फेर्नुपर्ने भएको विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले जनाएको छ ।

३३ केभी लाइनको जम्पर पिक लोडको समयमा छिन्ने र कमजोर भएकोले फेर्न लागिएको हो । काम चाँडै सकिएको खण्डमा निर्धारित समय अगावै लाइन सुचारु हुने समेत केन्द्रले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>