चितवन विशेष

न्यू क्यापिटल कलेजको उपलब्धीः सागर र संगीतलाई एमबीबीएसमा पूर्ण छात्रवृत्ति

Banner

चितवन, चैत २५–

पूर्वीचितवनको रत्ननगर नगरपालिका–४ अवस्थित न्यू क्यापिटल कलेजमा अध्ययनरत दुई विद्यार्थीले एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तितर्फ नाम निकाल्न सफल भएका छन् ।

कलेजले शुक्रबार एक विज्ञप्ती जारी गर्दै विद्यार्थी सागर रेग्मी र संगीत आचार्यले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको जनाएको छ । कलेजले दुवै विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उज्जवल भविष्यको कामना गरेको छ ।

निरन्तर सफलता हात पार्दै आइरहेको यस कलेजले यसपटक पनि एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्ति तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

विज्ञप्तीमा भनिएको छ–‘यस कलेजमा अध्ययनरत छात्र संगीत आचार्य सागर रेग्मीले एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तितर्फ नाम निकाल्न सफल भएकोमा हामी कलेज परिवार गौरान्वितत् भएका छौं । कलेज र विद्यार्थीहरुको मेहनतले आज यो सफलता हासिल गर्न सकिएको छ । पूर्ण छात्रवृत्तितर्फ नाम निकाल्न सफल विद्यार्थी सागर रेग्मी र संगीत आचार्यलाई हार्दिक बधाई ज्ञापन गर्दै शैक्षिक उन्नतीको शुभकामना व्यक्त गर्दछौं ।’

गतवर्ष यसै परीक्षामा यस कलेजबाट ४ जना विद्यार्थीले नाम निकाल्न सफल भएका थिए । यस कलेजमा अध्ययन गर्ने छात्रछात्राहरुले एमबीबीएस, सिए, वन, बिएससी नर्सिङलगायतमा उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । वि.सं.२०५७ सालमा स्थापना भएको यस कलेजमा पूर्णरुपमा अंग्रेजी माध्यमबाट पढाइने हुने गरेको छ । यहाँ व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षा विषयमा अध्यापन हुँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>