चितवन विशेष

तमू ह्युलको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

Banner

चितवन, चैत २५–

तमू ह्युल छोँज धीं गुरूङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । भरतपुरको सिएमटी रिसोर्टमा महाधिवेशन हुने शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । महाधिवेशनमा सहभागी हुन देशरभका ६५ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने परिषदका अध्यक्ष रेशम गुरूङले जानकारी दिए । ‘तमूवान स्वयत्तता, हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ यही चैत २८ र २९ गते महाधिवेशन हुन लागेको उनले बताए ।

उनका अनुसार आजभन्दा १४ वर्षअघि पहिलोपटक एकता महाधिवेशन पनि चितवनमै भएको थियो । देशको भूगोललाई हेरेर फेरि पनि चितवनलाई नै महाधिवेशनस्थलको रुपमा छनौट गरिएको उनले बताए । यो महाधिवेशनबाट संस्थाले हालसम्म भाषिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक एवं अन्य अधिकार प्राप्तिका लागि गरेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा अंगीकार गर्नुपर्ने नीति तथा कार्यक्रमसमेत तय गर्ने उनको भनाइ छ ।

साथै वर्तमान गण्डकी प्रदेशलाई तमूवान प्रदेश घोषणा गर्न अल्पकालीन तथा दीर्घकालीन रणनीति तय गर्ने, संघमा एक प्रतिशतभन्दा धेरैले बोल्ने भाषा र गण्डकी प्रदेशमा गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्न ठोस नीति तथा कार्यक्रमका साथै रणनीति तय गर्नेछ । यस्तै राज्यको सबै अंग र तहहरूमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी सहभागिताको सुनिश्चित गराउन राज्यलाई दबाब दिने, संघीयतालाई संस्थागत गर्दै आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तताको अभ्यास गर्ने÷गराउने, संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न रणनीति तय गर्ने, आदिवासी जनजातिका आन्दोलनलाई विभेद र असमानता अन्त्यको आन्दोलनका रूपमा विकास गर्दै जातीय सहिष्णुता अझै मजबुत बनाउने, सुकदेव गुरूङ, सुपति गुरूङलाई राष्ट्रिय सहिद तथा झागल गुरूङ, वंशु गुरूङ र डा. हर्क गुरूङलाई राष्ट्रिय विभूति घोषणा गनेलगायतका विषयले पनि मह¤व पाउने उनको भनाइ छ ।

चैत २८ गते बिहान १०ः३० देखि १ बजेसम्ममा उद्घाटन सत्र सकिनेछ भने सोही दिन दिउँसो २ देखि बेलुकी ५ बजेसम्म बन्दसत्र हुनेछ । साँझ ८ बजेदेखि करिब डेढ घण्टा भने सांस्कतिक साँझ हुनेछ, जसमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुति दिनेछन् । निर्वाचन प्रकृया भने सोही दिन साँझ ५ः३० बजेदेखि २९ गते बिहान ११ः३० बजेसम्म रहने आयोजक समितिले जनाएको छ । त्यसपछि भने संस्थाले कुल ७७ सदस्यीय नयाँ नेतृत्व पाउनेछ ।

देशभर ६५ जिल्लामा संगठन बिस्तार गर्न सफल ह्युल छोँज धीँले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङको उपस्थितिमा महाधिवेशन गर्न लागेको हो । महाधिवेशन सम्पन्न गर्न व्यवस्थापनको जिम्मेवारी पाएको जिल्ला समिति चितवनका अध्यक्ष एवम् व्यवस्थापन समितिका संयोजक गणेशबहादुर गुरूङका अनुसार केन्द्रीय अध्यक्ष रेशम गुरूङको संयोजकत्वमा २३१ सदस्यीय मूल आयोजक समिति र चितवन जिल्ला अध्यक्षको संयोजकत्वमा १५१ सदस्यीय व्यवस्थापन समिति गठन गरी तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>