चितवन विशेष

चितवनकी पत्रकार अपेक्षा महतो पुरस्कृत

Banner

चितवन, चैत २५–

चितवनकी पत्रकार सरिता महतो ‘अपेक्षा’ पुरस्कृत भएकी छन् ।

थारु पत्रकार संघ नेपालको नवलपुरमा सुरु भएको पाँचौँ महाधिवेशनमा ‘सुष्मा महतो सशक्तिकरण राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८’ बाट पुरस्कृत भएकी हुन् । उनलाई नगद ५ हजार ५ सय रुपैयाँ पुरस्कारबाट सम्मान गरिएको हो । महाधिवेशन उद्घाटन सत्रका प्रमुख अतिथि थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले महतोलाई सम्मान पत्र र नगद प्रदान गरे ।

यस सम्मान थारु पत्रकार सञ्जय चौधरीले स्थापना गरेका हुन् । पत्रकार महतो थारु पत्रकार संघ चितवन शाखा र नेपाल पत्रकार महासंघ चितवन शाखाकी कार्यसमिति सदस्य हुन् । उनी माडीमा रहेको स्वदेश एफएमकी संचालिका समेत हुन् ।

विगत एक दशकदेखि पत्रकारिता मार्फत थारु समुदायको बारेमा कलम चलाउँदै आएको भन्दै उनलाई सम्मान गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>