चितवन विशेष

थारु पत्रकार संघ चितवनको भित्तेपात्रो विमोचन

Banner

चितवन, चैत २५–

थारु पत्रकार संघ चितवनले प्रकाशन गरेको नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो विमोचन गरिएको छ । शुक्रबार नवलपुरको अमलटारी होमस्टेमा सुरु भएको थारु पत्रकार संघ नेपालको महाधिवेशनको समुद्घाटन सत्रमा भित्तेपात्रो विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि थारु आयोगका अध्यक्ष विष्णु चौधरी, थारु पत्रकार संघ नेपालका अध्यक्ष सन्तोष दहित, विशिष्ट अतिथि फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यका सभापति सुमन चौधरी र थारु पत्रकार संघका सल्लाहकार कृष्णराज सर्वाहरीले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेको थारु पत्रकार संघ चितवनका अध्यक्ष दिपेश चौधरीले जानकारी दिए ।

उनका अनुसार भित्तेपात्रोमा थारु पत्रकार संघको गतिविधिको झलकहरु समेत समेटिएको छ । संघले पहिलोपटक क्यालेन्डर प्रकाशन गरेको हो । संघले नयाँ नेतृत्व पाएसंगै सक्रियता बढाउदै लगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>