Breaking News

जनयुद्धको भीषण समयमा पूर्वीचितवनमै बसेर कमाण्ड सम्हालेको थिएः प्रचण्ड

Banner

चितवन, चैत २५–

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको भिषण समयमा पूर्वीचितवनकै भूगोलमा बसेर ठूला ठूला फौजी तथा संगठानात्मक कार्यक्रम गरेको बताएका छन् ।

राप्ती, खैरहनी र रत्ननगर नगर कमिटिले संयूक्त रूपमा आयोजना गरेको राजनीीतक तथा वैचारिक प्रशिक्षण लाई सम्बोधन गर्दै पूर्वीचितवनमा पार्टीको सम्पूर्ण शक्ती केन्द्रित गरी प्रतिगामी यथास्थितिवादी तथा अवसरवादीहरूको किल्ला तोड्न आग्रह गरे ।

उनले भने, युद्धको समयमा पूर्वी चितवन आन्दोलनको केन्द्र थियो अवसरवादीहरू प्रतिगामीहरू थर्कमान हुन्थे अहिले उनिहरू हाही भएका छन् ।’ उनले यसलाई परास्त गर्न सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै त्यसका लागि पार्टी हेडक्वाटरको तर्फबाट आवश्यक पहलकदमी लिने समेत बताए ।

अध्यक्ष प्रचण्डले मुलुकको सम्बृद्धि, संघीयता, धर्म निरिपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वसहितको एजेन्डा संविधानसभा मार्फत संविधानमा लिपीबद्द गरेको बताउँदै भर्खरै सम्पन्न पार्टीको महाधिबेशनले समाजवादको दिशामा जाने विशेषखाका तय गरेको समेत बताए ।

समसामयिक राजनीतिक अवस्था र आसन्न स्थानीय तह निर्वाचनका विषयमा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै प्रतिगमनकारीहरूलाई घुडा टेकाउन र अग्रगामी उपलब्धिहरूलाई संरक्षण गर्न पनि लोकतान्त्रिक शक्तिहरूका बीच गठबन्धन भएको बताए । देश जोगाउने शक्ती माओवादी मात्र हो भन्ने देशब्यापी रूपमा स्थापित भैसकेको भन्दै यही एजेन्डालाई लिएर उच्च मनोवलका साथ संगठन निर्माणमा लाग्न आग्रह समेत गरेका थिए ।

राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा जिल्ला संयोजन समितिका संयोजक रामचन्द्र अधिकारिले राप्ती ,खैरहनी र रत्ननगर पार्टी कमिटिहरूको संगठनात्मक अवस्था र पार्टीले आसन्न स्थानिय तह निर्वाचनमा खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए ।

सो अवसरमा माओवादी केन्द्र रत्ननगर कमिटीका अध्यक्ष श्याम बरालले आसन्न स्थानीय तह निर्वाचनमा रत्ननगर पार्टी कमिटी एक भएर निर्वाचनमा होमिएको बताउँदै भरतपुर र माडिको विकासको मोडललाई अनुशरण गरेर आम जनमानसमा स्थापित गर्दै मतदाताहरूसंग मत माग्नुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा नेकपा ऐमाले, पार्टी परित्याग गरी दन्डपाणी न्यौपाने, विमला न्यौपाने ,बाबुराम मरहठ्ठा ,दुर्गा कुमारी मरहठ्ठा, अशोक मरहठ्ठा ,बासुदेब रेग्मी गरी ५४ जना, नेपाली कांग्रेस परित्याग गरी जुना उपरकोटी,सुनिता कुमती ,नेत्र प्रसाद लामिछाने ,सावित्री लामिछाने , नीशा भट्टराई ,मूत्ती प्रसाद लामिछाने ,डिल्लिराम शोडारी लगायत ६४ जनाले माओवादी केन्द्र प्रवेश गरेका थिए । नव प्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले टिका र खादा लगायर स्वागत गरेका थिए ।

सोही कार्यक्रममा रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका कांग्रेस ,एमाले ,समाजवादी ,राप्रपा लगायतका पार्टी छोडी २ सय ५१ जनाले माओवादी प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>